काठमाडौं, वैशाख २५ । थाई नेपाली समाज फुकेटले थाइल्यान्डमा रहेका नेपालीहरुलाई खाद्य सामग्री वितरण गरेको छ ।
समाजले कोरोनाभाइरसका कारण बाँच्न नै समस्यामा परेका नेपालीहरुलाई नेपाली १५ लाख रुपैयाँ बराबरको खाद्य सामग्री वितरण गरेको हो ।
समाजका अध्यक्ष डैङ् लिम्बुले ‘लकडाउन’का कारण काममा जान नसकेका र आर्थिक अवस्था कमजोर भएका नेपाली परिवारलाई खाद्य सामग्री वितरण गरिएको जानकारी दिए ।
जसमा दाल, चामल, चिनीलगायतका खाद्य सामग्री रहेका बताइएको छ ।









प्रतिक्रिया दिनुहोस्