२२ श्रावण २०८२, बिहिबार | Fri Aug 8 2025


नेपालगन्जमा ‘कन्ट्याक्ट ट्रेसिङ’, ३४ जनाको ‘रिपोर्ट नेगेटिभ’


0
Shares

नेपालगन्ज, वैशाख २५ । नेपालगन्जमा एउटै बस्तीका २३ जनामा कोरोना संक्रमण देखिएपछि विश्व स्वास्थ्य संगठनसहितको स्वास्थ्यकर्मीको टोली बिहीबारदेखि ‘कन्ट्याक्ट ट्रेसिङ’मा जुटेको छ ।

संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्दा बुधबार १९० जनाको थ्रोट स्वाब संकलन गरिएको थियो । जसमध्ये ३४ जनाको स्वाब परीक्षण भइसकेको छ ।

परीक्षण गरिएका ३४ जनाकै ‘रिपोर्ट नेगेटिभ’ आएको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । श्रेष्ठकाअनुसार बाँकीको परीक्षण जारी छ ।

गत शुक्रबार ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि उनैलाई पछ्याउनेक्रममा ९४ जनाको स्वाब परीक्षण गरिएकोमा २२ जनामा कोरोना ‘पोजिटिभ’ देखिएको थियो ।