Logo २० असार २०८३, शनिबार | Sat Jul 4 2026


श्रमिक महिलालाई राहत दिने महिला संघको घोषणा


0
Shares

काठमाडौं । नेपाल महिला संघले अलपत्र परेका श्रमिक महिलाहरुको उद्धार गर्ने भएको छ ।

७७ वटै जिल्लाबाट काठमाडौंमा आई  लकडाउनका कारण काम गर्न नपाएर अलपत्र परेका सुत्केरी, अपागं र दृष्टिविहीन महिलाहरुलाई महिला संघले उद्धार तथा राहत दिने भएको हो ।

सबै जिल्लाका सक्रिय महिला नेतृहरुबीच भएको अनलाइन कुराकानीमा विभिन्न जिल्लाबाट काठमाडौं आइ दैनिक ज्यालामा काम गर्ने अशक्त महिलाहरुलाई राहत दिने महिला संघ सिन्धुपाल्चोककी अध्यक्ष गीता नेपालले जानकारी दिइन् ।

‘यो विषम परिस्थितिमा महिलाहरु अलि बढी नै प्रभावित छन् उनले भनिन्, त्यसैले महिला संघ त्यस्ता महिलाहरुको उद्धार र राहतमा लागेको छ ।’

महिला संघले काठमाडौंमा अलपत्र परेका महिलाहरुलाई घर पठाउने र अन्य जिल्लामा अलपत्र परेकालाई पनि उनीहरुको गन्तव्यसम्म पुर्याउने गरेको अध्यक्ष नेपालले जानकारी दिइन् ।

विषेश गरी संघले गर्भवती महिलाहरुको उद्धार गर्ने बताएको छ ।

अप्ठ्यारो परेका महिलाहरुले राहत तथा उद्धारका लागि विष्णु पुडासैनी ९८४१४१४४२५, गीता नेपाल ९८५११७९८७०, राज्य लक्ष्मी श्रेष्ठ ९८५१२३७७६७, गोमा केसी ९८५१०४६७९९, कुशुम थापा ९८४१३२९३१८, सरस्वती ढुगांना ९८५११८९७९७ मा सम्पर्क गर्न सक्नेछन् ।