– टेकराज अवस्थी/ इमेज
डडेल्धुरा । स्थानीय तहहरुले आर्थिक वर्ष सकिन एक महिना मात्र बाँकी रहँदा नयाँ आयोजनाका लागि ठेक्का सम्झौता गर्न थालेका छन् ।
सरकारले लकडाउनको समयमा पनि विकास निर्माणलाई निरन्तरता दिन आग्रह गरेको छ ।
रोकिएका आयोजनाहरुको काम अगाडि बढाउन प्रशासन कार्यालयहरुले स्थानीय निकायसंग समन्वय गर्न थालेका छन् ।
तर डडेल्धुरामा भने आर्थिक वर्षको अन्त्यतिर आएर नयाँ ठेक्का सम्झौता गर्न थालिएको छ । स्थानीय तह र अन्य निकायले करोडौंको ठेक्का सम्झौता गर्न लागेका हुन् ।
समयसीमा भित्र पूरा गर्न नसक्ने कामको टेण्डर खोलेर आर्थिक अनियमितताको श्रृंखला शुरु गरेको पत्रकार महासंघ डडेल्धुराका अध्यक्ष मान बहादुर साउदको आरोप छ ।
स–साना योजनाहरु निर्माण व्यवसायी वा उपभोक्ता समितिमार्फत सञ्चालन हुन सके पनि ठूला योजनाहरु मापदण्ड र गुणस्तर बमोजिम यति छोटो समयमा सम्पन्न गर्न सम्भव नभएको जिल्ला समन्वय समितिका प्रमुख गणेशराज भट्ट बताउँछन् ।
आर्थिक वर्षको अन्त्यमा आएर गरिएका नयाँ ठेक्का सम्झौताले भने विभिन्न आशंका जन्माएको देखिन्छ ।









प्रतिक्रिया दिनुहोस्