Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


कांग्रेस केन्द्रीय कार्यसमिति आज पनि बस्ने


26
Shares

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बुधबार पनि बस्ने भएको छ । सोमबारदेखि जारी बैठक बुधबार दिउँसो २ बजे पुनः बस्न लागेको हो ।

बैठकको दोस्रो दिन मंगलबार सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले मर्यादाक्रम निर्धारण सम्बन्धी मस्यौदा छलफलका लागि प्रस्तुत गर्नु भएको थियो ।

मंगलबारको बैठकमा नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्यहरु चित्रलेखा यादव, उमा रेग्मी, जीपछिरिङ लामा, पदमनारायण चौधरी, आनन्दप्रसाद ढुंगाना, शंकर भण्डारी, मीनबहादुर विश्वकर्मा, श्यामकुमार घिमिरे, कल्याणकुमार गुरुङ, मोहनबहादुर बस्नेत, रमेश लेखक, अमृत अर्याल, कर्णबहादुर बुढा, डा. गोपाल दहित, योगेन्द्र चौधरी, गेहेन्द्र गिरी, चन्द्रबहादुर के.सी., मानबहादुर नेपाली, उमेशजंग रायमाझी, उदयशम्शेर राणा, जीतजंग बस्नेत, गोविन्दबहादुर शाह, राजेन्द्रकुमार के.सी., दिलमान पाख्रिन, महेन्द्रकुमारी लिम्बू, रामहरि खतिवडा, सरस्वती वजिमय, प्रकाश रसाईली स्नेही, रंगमती शाही, कुन्दनराज काफ्ले, प्रा.डा. गोविन्दराज पोखरेल, नानु बास्तोला र सुशीला थिङले आ–आफ्नो धारणा राख्नु भएको थियो ।

बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यले स्थानीय तह निर्वाचन समग्रमा गठबन्धन सफल भएको भन्दै आगामी संघ र प्रदेशको निर्वाचनमा पनि त्यसलाई निरन्तरता दिन नेतृत्वलाई सुझाव दिएका थिए ।