Logo १७ बैशाख २०८३, बिहिबार | Fri May 1 2026


हस्तकला निकासी ८० प्रतिशतले बढ्यो


195
Shares

काठमाडौं । कोभिड महामारीका कारण संकटमा परेको हस्तकला व्यवसाय विस्तारै लयमा फर्कन थालेको छ ।

हस्तकला व्यवसायीहरुका अनुसार काठमाडौं उपत्यकाभित्रका विभिन्न ‘हस्तकला हब’हरुमा पहिलेकै रौनक देख्न थालिएको छ । हस्तकलाजन्य वस्तुको उत्पादनसँगै निर्यातमा पनि वृद्धि भएको छ ।

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र (टीईपीसी) को तथ्यांकअनुसार चालू आर्थिक वर्षको ११ महिनामा हस्तकलाजन्य वस्तुको निकासी ८० प्रतिशतले बढेको छ ।

नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्य कोभिडका कारण लामो समयदेखि सुस्ताएको हस्तकला क्षेत्र सुधारको बाटोमा अघि बढेको बताउँछन् ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।