Logo ९ कार्तिक २०८३, सोमबार | Mon Oct 26 2026


नेकपा स्थायी कमिटी बैठक अनिश्चित, एजेन्डा तय गर्न बसेको सचिवालय बैठकमा विवाद


0
Shares

काठमाडौं, वैशाख २४ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बिहीबार (भोलि)देखि बस्ने भनिएको स्थायी कमिटी बैठक अनिश्चित बनेको छ । 

एजेन्डा तय गर्न बुधबार बोलाइएको सचिवालय बैठकमा नेताहरुबीच सहमति नजुटेपछि बैठक अनिश्चित बनेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

स्थायी कमिटी बैठकको एजेन्डाबारे दुई अध्यक्षबीच अझै छलफल बाँकी रहेकाले सहमति गरेर ठोस एजेन्डामा नपुगुन्जेलसम्म बैठक अनिश्चित भएको हो ।

प्रवक्ता श्रेष्ठले स्वास्थ्य र व्यस्तताका कारण अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली बैठकमा पूरा समय उपस्थित नभएकोले बुधबारको बैठकमा विस्तृत छलफल हुन नसकेको पनि बताए ।

वैशाख २० गते बसेको नेकपा सचिवालय बैठकले वैशाख २५ गते बिहीबार बिहान ११ बजे पार्टीको स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेअनुसार बैठकका लागि बुधबार सचिवालयले एजेन्डा तय गर्ने कार्यतालिका रहेको थियो ।

एजेन्डाका विषयमा बैठकमा विवाद भएपछि प्रधानमन्त्री ओली बैठककक्ष छोडेर बाहिरिएका थिए ।

करिब एक घन्टापछि बैठकमा प्रधानमन्त्री ओली फर्किएलगत्तै बुधबारको बैठक सकिएको थियो ।

Skip This