काठमाडौं । श्रमिकलाई पहिलो प्राथामिकतामा राखेर नेपालका ठुला रोजगारदाता प्रतिष्ठानले अन्तर्राष्ट्रिय स्तरको व्यवसायजन्य सुरक्षा र स्वास्थ्यसम्बन्धी कार्यवातावरण व्यवस्थापन गर्न थालेका छन् ।
नेपालका सातवटा ठूला रोजगारदाताले आफ्ना श्रमिकका लागि अन्तर्राष्ट्रिय स्तरको व्यवसायजन्य सुरक्षा र स्वास्थ्यसम्बन्धी कार्यवातावरण व्सवस्थापन गरेको पाइएको हो ।
सरकारले यस वर्ष अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ ) ले घोषणा गरेको व्यवसायजन्य सुरक्षा र स्वास्थ्यसम्बन्धी महासन्धि अनुसारको कार्यवातावरण व्यवस्था गर्नेल औद्योगिक प्रतिष्ठान (रोजगारदाता ) घोषणा गरेको छ ।
उत्कृष्ट घोषित भएका औद्योगिक प्रतिष्ठानलाई श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले सम्मानसमेत गरेको छ । आईएलओले घोषणा गरेको व्यवसायजन्य सुरक्षा र स्वास्थ्यसम्बन्धी महासन्धि अनुसार प्रत्येक प्रदेशबाट एक एक औद्योगिक प्रतिष्ठान छनोट भएका छन् ।
यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्