Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


नेपाल भित्रन लागेका दुईसय बढी नेपाली सीमा क्षेत्रमा अलपत्र


0
Shares

कपिलबस्तु । कपिलवस्तु जिल्लाको दशगजा नाकाबाट नेपाल भित्रन लागेका २०० बढी नेपाली सीमामै अलपत्र परेका छन् ।

कोरोना भाइरसको संक्रमणको त्रासले लकडाउन जारी रहेको अवस्थामा उनीहरुलाई नेपाल छिर्न नदिइएको हो ।

नेपाल भारतबीच नेपाली र भारतीयलाई भएकै्र स्थानको क्वारेन्टाइनमा राख्ने सहमति भएपनि नेपाली सीमामा आएका प्रवासी नेपालीलाई भारतीय सुरक्षाकर्मीले नै नेपाली सीमासम्म पुर्‍याएपछि अलपत्र परेकाहरुले बताएका छन् ।

हिजो मात्र कपिलवस्तु जिल्लाका विभिन्न नाकाबाट प्रवेश गरेका १ सय ५५ जनालाई शसस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो ।

जिल्लाको कृष्णनगर, भिल्मी, हर्दौना, मर्यादपुर र चाकलचौडा क्षेत्रबाट प्रवेश गरेका प्रवासी नेपालीलाई शसस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो ।

पछिल्लो समय भारतीय प्रहरी र भारतीय सीमा सुरक्षा बलले नै भारतबाट नेपाल आउने नेपालीका लागि खुकुलो गरेका कारण भारतको मुम्बई, दिल्ली र गुजरात लगायतका स्थानबाट भारतमा रोजगारीका लागि गएकाहरु नेपाल फर्किने क्रममा थिए ।

दशगजासम्म आइ पुगेकाका नेपालीलाई भारतीय निकायसँगको समन्वयमा भारतीय क्वारेन्टाइनमै राख्नका लागि पहल थालिएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलले जानकारी दिएका छन् ।