Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


एउटै वस्तीका २३ जनामा कोरोना संक्रमण देखिएपछि नेपालगन्जमा ‘कन्टयाक्ट ट्रेसिङ’ सुरु


0
Shares

नेपालगन्ज । एउटै वस्तीका २३ जनामा कोरोना संक्रमण देखिएपछि नेपालगञ्जमा विश्व स्वास्थ्य संगठनसहित स्वास्थ्यकर्मीको टोलीले पुनः कन्टयाक्ट  ट्रेसिङ सुरु गरेको छ । संक्रमितको कन्टयाक्ट टे«सिङ गर्दा मंगलबार ५६ जनाको थ्रोट स्वाव संकलन गरिएको थियो ।

टोलीले मध्यान्ह १२ बजेसम्म कन्टयाक्ट ट्रेसिङ गरी त्यसको लिस्टिङ गर्ने र दिउँसोदेखि पुनः थ्रोट स्वाव संकलन गर्नेछ ।

शुक्रबार ६० वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि उनैलाई पछ्याउने क्रममा ९४ जनाको स्वाव परीक्षणमा २२ जनामा कोरोना पोजेटिभ देखिएको थियो ।

तर ती ६० वर्षिय पुरुषको परिवारका कुनै पनि सदस्यमा कोरोना पोजेटिभ नदेखिएपछि विश्व स्वास्थ्य संगठनको विज्ञ टोलीले थप नयाँ ढंगबाट कन्टयाक्ट ट्रेसिङ गरिरहेको छ ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ७ का ६० वर्षिय पुरुष वडा नं. ८ जोलहनपुरुवामा रहेको मस्जिदमा नमाज पढ्न जाने र त्यही ठाउँमा रहेको मदरसामा पढाउन जाने गरेको तथ्यका आधारमा उनले नै संक्रमण फैलाएको आंशका गरिएको थियो ।

कोरोना रोकथाम तथा नियन्त्रण, संक्रमितको कन्टयाक्ट ट्रेसिङ र स्वाव संकलनलाई प्रभावकारी गराउन स्थानीय प्रशासनले तीन दिनका लागि हिजोदेखि नै नेपालगञ्जलाई निषेधित क्षेत्र लागू गरिसकेको छ ।