काठमाडौं, वैशाख २३ । नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले कोरोना संक्रमणको व्यवस्थापनमा सरकार सुरुआती दिनमा जहाँ थियो, त्यहीँ रहेको टिप्पणी गरेका छन् ।
मंगलबार प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा कांग्रेस सचेतक खाँणले सरकारले कोरोनाको परीक्षण जति ठूलो दायरामा गर्नुपर्थ्यो, त्यो गर्न नसकेको बताए ।
यस्तै, नेकपाका प्रमुख सचेतक देव गुरुङले सीमानाकामा कडाइ गरेमात्र कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रण हुने बताए ।
प्रमुख सचेतक गुरुङले कोरोना उपचारमा निजी अस्पतालहरुले तदारुकता नदेखाएको भन्दै ‘सबै निजी अस्पताललाई राष्ट्रियकरण गर्नुपर्ने सन्देश यो अवस्थाले दिएको छ’–भने ।
सरकारले ‘लकडाउन’कै अवधिमा दुईओटा अध्यादेश जारी गरेको भन्दै सरकारको पछिल्लो कदमले कोरोना संक्रमण रोकथाम र नियन्त्रणमा सरकार गम्भीर छ कि छैन ? भन्ने प्रश्न खडा गरेको उनले बताए ।









प्रतिक्रिया दिनुहोस्