दाङमा जङ्गली च्याउ खाँदा ६ जना बिरामी « Imagekhabar – Online News Portal of Nepal
२५ श्रावण २०७९, बुधबार | Wed Aug 10 2022


दाङमा जङ्गली च्याउ खाँदा ६ जना बिरामी


91
Shares

काठमाडौं । दाङमा जङ्गली च्याउ खाएर ६ जना मानिस बिरामी परेका छन् ।

शनिबार बिहान जङ्गलबाट च्याउ ल्याएर खाएको केही समयमै उनीहरु बिरामी परेको प्रहरीले जनाएको हाे । घोराही उपमहानगरपालिका–११ खैराका ४२ वर्षीय भोला बिसी, उनका छोरीहरू २० वर्षीया सोनु बिसी र १५ वर्षीया पविता बिसी, घोराही–१२ हापुरका ४२ वर्षीय लालबहादुर बस्नेत, उनकी श्रीमती ४० वर्षीया शान्ता बस्नेत र छोरा १६ वर्षीय समिर बस्नेत बिरामी परेका हुन् ।

उनीहरु सबैको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ । लालबहादुरको परिवारको अवस्था भने गम्भीर रहेको प्रहरीले जनाएको छ ।