Logo १७ बैशाख २०८३, बिहिबार | Fri May 1 2026


मासिक डेढ लाख बोरा सिमेन्ट निर्यातको लक्ष्य


299
Shares

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को कजेटमा सिमेन्ट निर्यातमा नगद अनुदान दिने व्यवस्था गरेलगत्तै पहिलो पटक पाल्पा सिमेन्टले निकासीको सुरुवात गरेको छ ।

भारतका सीमावर्ती क्षेत्रमा नेपाली सिमेन्ट निर्यात सुरु भएको छ भने निकट भविष्यमै यसको दायरा बढाएर मुख्य सहर आसपाससम्म पुर्‍याई विदेशी मुद्रा आर्जन गर्ने लक्ष्य सिमेन्ट उद्योगीहरूको छ । व्यापार घाटा दिनप्रतिदिन बढिरहेको बेला सिमेन्ट निर्यातमा थालिएको यो कदमले सकारात्मक सन्देश लिएको सरोकारवालाको भनाइ छ ।

शुक्रबारदेखि आरएमसी समूहद्वारा सञ्चालित पाल्पा सिमेन्ट उद्योगले तानसेन सिमेन्ट भारत निर्यात सुरु गरेको छ ।

पश्चिम नवलपरासीको सुनवल-७ मा रहेको यस उद्योगले शुक्रबारमात्रै ३ हजार बोरा सिमेन्ट निर्यात गरेको हो । उद्योगले सुनौली बजारदेखि गोरदपुरसम्म एक दर्जनभन्दा बढी डिलरमार्फत बिक्री सुरु गरेको छ ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।