१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


उत्पादनमा प्रतिस्पर्धा र कच्चा पदार्थ प्रमुख समस्या


65
Shares

काठमाडौं । केन्द्रीय तथ्यांक विभागले उत्पादनमा प्रतिस्पर्धा र कच्चा पदार्थको असहज उपलब्धतालाई उद्योगका प्रमुख समस्याको रुपमा औंल्याएको छ ।

राष्ट्रिय औद्योगिक सर्वेक्षण ०७६ को नतिजाले उक्त तथ्य औंल्याएको हो । यसअघि २०६९ सालमा भएको सर्वेक्षणमा उद्योगीहरूले श्रम सम्बन्ध र उर्जा संकटलाई प्रमुख समस्याको रुपमा लिएका थिए ।

हाल औद्योगिक क्षेत्रमा श्रम र उर्जाको समस्या नरहेको तर उत्पादनमा प्रतिस्पर्धा हुनु र कच्चा पदार्थको असहजता समस्या रहेको देखिएको अध्ययनले जनाएको छ ।

यसैगरी, औद्योगिक प्रतिष्ठानहरूमा कार्यरत तलबी कामदारको लागि तलब ज्याला र सुविधामा गरेको खर्च १ खर्ब ७ अर्बभन्दा बढी रहेको अध्ययनले देखाएको छ ।

सर्वेक्षणको नतिजा अनुसार औद्योगिक क्षेत्रका चारवटै औद्योगिक प्रतिष्ठानहरूमा कार्यरत तलबी कामदारहरूको लागि तलब ज्याला र सुविधामा गरेको खर्च १ खर्ब ७ अर्ब ८९ करोड रहेको छ ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।