Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


जंगली च्याउ खाँदा आमा–छोरीको मृत्यु


0
Shares

अर्घाखाँची, वैशाख २३ । अर्घाखाँचीमा जंगली च्याउ खाँदा आमा–छोरीको मृत्यु भएको छ ।

भूमिकास्थान नगरपालिका–६, खिल्जीमा जंगली च्याउ खाँदा उनीहरुको मृत्यु भएको हो ।

जंगली च्याउ खाने चारजनामध्ये ३० वर्षीया रामकला महत्रा र उनकी सात वर्षीया छोरी विपा महत्राको उपचारको क्रममा मृत्यु भएको छ ।

मृतककी सासु लालसरी महत्रा र देउरानी लक्ष्मी महत्रा बिरामी छन् ।

उनीहरुको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रकाश खत्रीले बताए ।