दाङमा कल्भर्ट भासियो, गढवा–राजपुर सडकखण्ड अवरुद्ध « Imagekhabar – Online News Portal of Nepal
१ भाद्र २०७९, बुधबार | Thu Aug 18 2022


दाङमा कल्भर्ट भासियो, गढवा–राजपुर सडकखण्ड अवरुद्ध


104
Shares

काठमाडौं । वर्षाका कारण दाङको गढवा–राजपुर सडकखण्डअन्तर्गत राजपुर गाउँपालिका–२ मटेरियामा कल्भर्ट भासिएको छ ।

पानी निकास नहुँदा सडक र कल्भर्टमा क्षति पुगेको हो । सडकमा क्षति पुग्दा आवागमन रोकिएको छ ।

स्थानीयले सडक तत्काल मर्मत गरेर सञ्चालनमा ल्याउन माग गरेका छन् ।

अहिले कालाकाटेदेखि राजपुरको गंगदीसम्मको करिब ४० किलोमिटरमा सडकमा कालोपत्रेको काम भइरहेको छ ।