काठमाडौं । नेपालको ९० वटा बार इकाइमध्ये सबै भन्दा बढी सदस्य सङ्ख्या भएको उच्च अदालत पाटन बार एसोसिएसनको २०औं नयाँ कार्यसमितिका लागि अहिले मतदान भइरहेको छ ।
नेपाल बारलाई समेत टक्कर दिने बारका रुपमा रहेको उक्त बारमा दुई समूहबीच प्रतिस्पर्धा हुने भएको हाे । त्यसमध्ये प्रजातान्त्रिक समूहमा रामकृष्ण शर्मा र प्रगतिशील समूहमा शान्तिराम खतिवडा प्रतिस्पर्धी रहेका छन् । प्रगतिशील समूहमा नेकपा (एमाले) र समाजवादी निकट कानून व्यवसायी रहेका छन् भने बाँकी सबै प्रजातान्त्रिक समूहमा छन् ।
नयाँ कार्यसमितिमा पाँच र १४ गरी १९ सदस्य रहनेछन् । जसमा पदाधिकारीका लागि १० र सदस्यका लागि १८ जना चुनावी मैदानमा छन् । बार निर्वाचन समितिका प्रमुख अधिकृत केदार अधिकारीका अनुसार नयाँ कार्यसमितिका लागि आज (शनिबार) बिहान ९ बजेदेखि मतदान प्रारम्भ भएको र बेलुका ५ :१५ बजेसम्म मतदान जारी रहन्छ ।
आजै साँझ करिब ७ बजेतिर मतगणना सुरु गरिने निर्वाचन समितिको तयारी छ । उक्त बारमा दुई हजार ८ सय २८ मतदाता रहेका छन् । दुई वर्षे कार्यकालका लागि उक्त निर्वाचन हुने भएको हो । यसअघि कोभिड–१९ को सङ्क्रमणका कारण नयाँ कार्यसमितिको निर्वाचन हुन केही ढिलाइ भएको थियो । वि.स.२०७५ भदौ १३ गते अघिल्लो निर्वाचन भएको थियो ।
प्रतिक्रिया दिनुहोस्