बैतडीका कैदीबन्दीको कारागारभित्रै राष्ट्रिय परिचयपत्र विवरण संकलन « Imagekhabar – Online News Portal of Nepal
२ भाद्र २०७९, बिहीबार | Thu Aug 18 2022


बैतडीका कैदीबन्दीको कारागारभित्रै राष्ट्रिय परिचयपत्र विवरण संकलन


468
Shares

बैतडी । जिल्ला कारागार बैतडीका कैदीबन्दीको कारागारमै राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलन गरिएको छ ।

शुक्रबार कारागारमा रहेका १७ कैदीबन्दी र एक सुरक्षाकर्मीको परिचय पत्रका लागि विवरण संकलन गरिएको हो ।

कारागारभित्रै ८७ कैदीबन्दी रहेका भएपनि सबैसँगै आवश्यक कागजात नरहेको तथा कसैले पहिला नै बनाएकोले १७ जनाको मात्रै विवरण संकलदन गरिएको जनाएको छ ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले गरेको परिपत्र अनुसार नै कारागारभित्रै कैदीबन्दीको विवरण संकलन गरिएको हो ।

कैदीबन्दीलाई बाहिर ल्याउँदा सुरक्षा चुनौति हुने भएकोले कारागारभित्रै टोलीले विवरण संकलनको काम गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो ।

बैतडीमा वि.स. २०७७ असोज पहिलो सातादेखि राष्ट्रिय परिचय पत्र विवरण संकलनको काम सुरु भएकोमा हालसम्म ८३ हजार ३८३ जनाको विवरण संकलन भइसकेको छ ।

सुरुमा जिल्ला प्रशासन कार्यालयमा विवरण संकलनको काम भएको थियो भने हाल अभियानकै रुपमा वडास्तरमै उक्त कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिनुभयो ।