Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


नेवाः पत्रकार राष्ट्रिय दबूद्वारा पत्रकारहरुलाई राहत


0
Shares

काठमाडौं । नेवाः पत्रकार राष्ट्रिय दबूले ८० जना पत्रकारहरुलाई सोमबार राहत वितरण गरेको छ ।

लायन्स क्लब अफ काठमाडौं विशालबजार र राउण्ड टेबल नेपालसंग सहकार्यमा राहत वितरण गरिएको हो ।

सो अवसरमा लायन्स क्लब अफ काठमाडौं विशाल बजारका प्रेसिडेण्ट सुर्यतेज शाक्यले पत्रकार राष्ट्रिय दबूका अध्यक्ष सुरजवीर बज्रचार्य र र महासचिव सुनील महर्जनलाई राहत सामग्री हस्तान्तरण गरे ।

हस्तान्तरण गरेको सामग्री लकडाउन लम्बिएसंगै जिविकोपार्जन गर्न कठिनाई भएका विभिन्न सञ्चारमाध्यमका पत्रकारहरुलाई वितरण गरिएको पत्रकार राष्ट्रिय दबूका वरिष्ठ उपाध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले जानकारी दिए ।

राहत सामग्रीमा ५ किलो चामल, दाल १ किलो, तेल १ लिटर, च्युरा र नून १ पाकेट रहेको छ ।

सो अवसरमा लायन्स क्लब अफ काठमाडौंका कलस्ट प्रमुख उमेशकुमार खतिवडाले लकडाउनको अवधिम जनतामा समक्ष सत्यतथ्य सूचना प्रवाह गर्न पत्रकारहरुले निर्वाह गरेको भूमिकालाई प्रशंसा गर्दै जिविकोपार्जनमा कठिनाई भएका पत्रकारहरुलाई राहत वितरण गर्न पाएकोमा खुशी व्यक्त गरे ।

सो अवसरमा राउण्ड टेबुल नेपालका अध्यक्ष सौरभ केडिया र काठमाडौं राउण्ड टेबलका अध्यक्ष आञ्चल अग्रवालको उपस्थिति रहेको थियो भने कार्यक्रमका संयोजक सुरेन्द्रभक्त श्रेष्ठले विपत समयमा सहयोग गर्नुभएकोमा सबैप्रति हार्दिक आभार प्रकट गरे ।