नेपाली सिमेन्ट भारत निकासी सुरु « Imagekhabar – Online News Portal of Nepal
२९ श्रावण २०७९, आईतवार | Sun Aug 14 2022


नेपाली सिमेन्ट भारत निकासी सुरु


17.706k
Shares

परासी । नवलपरासीको पाल्पा सिमेण्ट उद्योगले भारततर्फ सिमेन्ट निकासी सुरु गरेको छ ।

उद्योगले शुक्रबारबाट सुनौली नाका हुँदै भारततर्फ सिमेन्ट निकासी गरेको हो ।

उद्योगले आयोजना गरेको एक कार्यक्रममा सुनवल नगरपालिकाकी प्रमुख विमला अर्यालले भारततर्फ सिमेन्ट लिएर जान लागेका ट्रकलाई बिदाई गर्दै निकासी सुरु गरिएको जानकारी दिनुभयो ।

बजेटमार्फत सरकारले सिमेन्ट निर्यातमा ८ प्रतिशत अनुदान दिएपछि भारतर्फ सिमेन्ट निकासी गर्न उद्योगीहरु उत्साहित भएका हुन् । उद्योगले पहिलो दिन ३ हजार बोरा सिमेन्ट भारत पठाएको छ ।

दैनिक १८ सय टन क्लिङ्कर उत्पादन क्षमताको प्लाण्ट रहेको उद्योगले दैनिक ३ हजार टन सिमेन्ट उत्पादन गर्दै आएको उद्योगका जनसम्पर्क प्रबन्धक जीवन निरौलाले जानकारी दिनुभयो ।

पाल्पा सिमेन्ट इण्डस्ट्रिज लिमिटेडको नाउँबाट उद्योगले ‘तानसेन’ब्राण्डको सिमेन्ट उत्पादन गर्दै आएको छ । भारतमा सिमेन्ट पठाउनका लागि गर्नुपर्ने भारत गुणस्तर मापदण्डलगाएतका सबै सरकारी प्रकृया पूरा गरेपछि उद्योगले सिमेन्ट पठाउन थालेको हो ।

सुनवलको सिसानीस्थित उद्योगले पहिलो चरणमा भारतको उत्तर प्रदेशलाई लक्षित गरेर सिमेण्ट पठाउन सुरु गरेको हो ।