Logo २० असार २०८३, शनिबार | Sat Jul 4 2026


सांसदद्वय बस्नेत, श्रेष्ठ र पूर्वआइजीपी खनालविरुद्ध अपहरणको उजुरी


0
Shares

काठमाडौं, वैशाख २२ । समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवले सत्तारुढ नेकपाका सांसदद्वय महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ र पूर्वआइजीपी सर्वेन्द्र खनालले आफूलाई अपहरण भएको भन्दै सोमबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा निवेदन दिएका छन् ।

यसअघि, सांसद डा. यादले अपहरणविरुद्ध निवेदन दिन खोज्दा सरकारी वकिलको कार्यालयले दर्ता गर्न अस्वीकार गरेको थियो ।

नेकपाका सांसदद्वय बस्नेत, श्रेष्ठ र पूर्वआइजीपी खनालले महोत्तरीस्थित घरबाट आफूलाई अपहरण गरी काठमाडौं ल्याएको सांसद यादवको निवेदनमा उल्लेख छ ।

सांसद यादवले उक्त घटना छानबिन गर्न माग गर्दै केही दिनअघि राष्ट्रिय मानवअधिकार आयोगमा पनि उजुरी दिएका थिए ।