Logo २० असार २०८३, शनिबार | Sat Jul 4 2026


संघीय संसद सचिवालयको महासचिवमा गौतम नियुक्त


0
Shares

काठमाडौं, वैशाख २२ । संघीय संसद सचिवालयको महासचिवमा डा. भरतराज गौतम नियुक्त भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको सिफारिसमा डा. गौतमलाई सोमबार महासचिवमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

महासचिवमा नियुक्त भएका डा. गौतम संसद सचिवालयको सचिवमा कार्यरत् थिए ।

डा. गौतमले प्रशासनिक सुधार र कार्यसम्पादन व्यवस्थापनमा त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गरेका छन् । उनी २०५१ सालमा संसद सेवामा प्रवेश गरेका थिए ।

यसअघि, सभामुख सापकोटाले प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीलाई कार्यवाहक महासचिव तोकेपछि राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले आपत्ति जनाएका थिए ।

तिमिल्सिनाले सभामुख सापकोटाले आफूसँग परामर्श नगरी कार्यवाहकको जिम्मेवारी दिइएकोमा आपत्ति प्रकट गरेका थिए ।