
काठमाडौं । नेपाल प्रहरीको प्रवक्ताको जिम्मेवारी प्रहरी नायव महानिरीक्षक (डीआईजी) टेक प्रसाद राईलाई दिइएको छ ।
यस अघिका प्रहरी प्रवक्ता रहनु भएका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विष्णुकुमार के.सी.को सरुवा भएपछि राईलाई जिम्मेवारी दिइएको हो ।
प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले बिहीबार डीआईजी राईलाई प्रहरी प्रवक्ताको जिम्मेवारी दिनुभएको हो ।
गृह मन्त्रालयले बुधबार प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत के.सी.लाई अपराध अनुसन्धान विद्यालयमा सरुवा गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्