तुइनको भरमा अडिएको जिन्दगी « Imagekhabar – Online News Portal of Nepal
२९ श्रावण २०७९, आईतवार | Sun Aug 14 2022


तुइनको भरमा अडिएको जिन्दगी


234
Shares

धनगढी/बैतडी/दार्चुला । दार्चुलाको व्यास गाउँपालिका–२ दुम्लिङस्थित गोठालघाटबाट तुइनबाट झुन्डिएर महाकाली नदी पार गर्ने क्रममा खसेर बेपत्ता भएका १८ वर्षीय सचिन बुढाथोकीको अवस्था खुल्न सकेको छैन् । उनी भारत गर्वाधारबाट तुइनमा सामान लिएर व्यास–२ स्थित घरतर्फ आउने क्रममा महाकाली नदीमा खसेर बेपत्ता भएका हुन् ।

यो घटना बुधबारको हो ।बेपत्ता बुढाथोकीको खोजी कार्य जारी छ । पुल नहुँदा दार्चुलाको उत्तरी क्षेत्रका बासिन्दा जोखिम मोलेर तुइनको भरमा महाकाली वारपार गर्छन् ।

महाकाली नदी वारपार गर्ने क्रममा तुइनबाट खसेर वा तुइन चुँडिएर ज्यान गुमाउने बेपत्ता हुने क्रम रोक्न पुल बनाउनु पर्छ ।

अघिल्लो वर्षको साउन १५ गते तुइनबाट महाकाली नदी तर्ने क्रममा खसेर व्यास गाउँपालिका–२ मालका ३३ वर्षीय जयसिंह धामीको बेपत्ता भएका थिए । प्रत्यक्षदर्शीका अनुसार भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइनको डोरी काटिदिएपछि धामी नदीमा खसेर बेपत्ता भएका हुन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले दिएको तथ्यांकअनुसार तुइनबाट महाकाली नदी वारपार गर्ने क्रममा १५ जनाले ज्यान गुमाएका छन् । यो तथ्यांक २०७२ असारयताको हो । यस्तै २०५० सालयता तुइनबाट महाकालीमा खसेर २६ जनाको ज्यान गएको छ । तर आधिकारिक निकायबाट स्थानीय बासिन्दाको दाबी पुष्टि हुन सकेको छैन ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।