Logo २० असार २०८३, शनिबार | Sat Jul 4 2026


बस्नेत, श्रेष्ठ र खनालद्वारा मानवअधिकार आयोगमा उजुरी


0
Shares

काठमाडौं, वैशाख २२ । अपहरणको आरोप लागेका सांसदद्वय महेश बस्नेत, किशान श्रेष्ठ र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई आफूहरुले अपहरण नगरेको भन्दै राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएका छन् ।

सोमबार आयोग कार्यालयमा पुगेर तीनैजनाले आफूहरुले सुरेन्द्र यादव अपहरण नगरेको र निर्दोष रहेको बताएका छन् ।

आफूलाई सांसदहरु बस्नेत र श्रेष्ठ तथा पूर्वआईजीपी खनालले अपहरण गरेको भन्दै डा. यादवले वैशाख १८ गते आयोगमा उजुरी दिएका थिए ।

महोत्तरीस्थित घरमै रहेका डा. यादवलाई नेकपा सांसदद्वय बस्नेत, श्रेष्ठ र पूर्वआईजीपी खनालले वैशाख १० गते काठमाडौं ल्याएका थिए ।