तालमा डुबेर एकको मृत्यु « Imagekhabar – Online News Portal of Nepal
२३ श्रावण २०७९, सोमबार | Mon Aug 8 2022


तालमा डुबेर एकको मृत्यु


65
Shares

बुटवल । रुपन्देहीको दानापुर तालमा डुबेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सैनामैना नगरपालिका–८ बाँसगढीका ४१ वर्षीय कमल प्रसाद पाण्डे रहेका छन् ।

मंगलबार साँझ कञ्चन गाउँपालिका–१ दानापुरस्थित दानापुर तालमा डुबेका पाण्डेको शव बुधबार बिहान भेटिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

यस घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ ।