Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


मोटरसाइकलमा आएका व्यक्ति पैसा सडकमा फालेर भागे


0
Shares

चितवन । चितवनको सडकमा बेवारिसे पैसा फेला परेको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नम्बर २ टाँडी चोक नजिक हाइस्कुल रोडमा बेवारिसे पैसा भेटिएको छ ।

एक व्यक्तिले उक्त रकम सडकमा फालेर मोटरसाइकलमा भागेको स्थानीयले बताएका छन् । सडकमा पाँच, दश, बीस, पाँच सय रुपैयाँको नोट फालिएको छ ।

प्रहरीले पाँच सयको एउटा, पचासको तीनवटा, बीसको एउटा र दश रुपैयाँको एउटा नोट फेला पारेको छ । अज्ञात व्यक्तिले पैसा फालेर भागेपछि स्थानीय त्रसित भएका छन् ।

उनीहरुले कोरोना संक्रमण बढिरहेको बेला अज्ञात व्यक्तिले पैसा फालेर भागेपछि कोरोना संक्रमण फैलाउन यस्तो गरेको हुनसक्ने आशंका गरेका छन् ।