Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


यो वर्ष अहिलेसम्म किन काफल पाकेन ?


0
Shares

डडेल्धुरा । पहाडमा पाइने काफल वैशाख महिना सकिनै लाग्दा पनि पाकेको छैन ।

वैशाखको आधासम्म पाकिसक्ने र बिक्रीका लागि बजार पठाइसक्नु पर्ने भएपनि यो वर्ष अहिलेसम्म काफल बजार पठाउन नसकिएको हो ।

हिउँददेखि बसन्त ऋतुसम्म आइपुग्दा लगातारको वर्षा तथा मौसम परिवर्तन हुँदै आएकोले ऋतु फल काफल अहिलेसम्म नपाकेपछि स्थानीय आश्र्चयमा परेका छन् ।

सुदूरपश्चिम प्रदेशको सात वटै पहाडी जिल्लाका विभिन्न स्थानहरुमा पाइने काफल जैबिक र आयुर्वेदिक  औषधिको रुपले महत्वपूर्ण मानिन्छ भने खाजाको रुपमा पनि खाने गरिन्छ ।