माओवादीको केन्द्रीय समितिको बैठक आज बस्दै « Imagekhabar – Online News Portal of Nepal
२४ श्रावण २०७९, मंगलवार | Tue Aug 9 2022


माओवादीको केन्द्रीय समितिको बैठक आज बस्दै


39
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक आज बिहीबार बस्दैछ ।

बुधबार र मंगलबार लगातार स्थगित भएको बैठक बिहीबार बस्न लागेको हो । बैठक आज ११ बजे बस्ने भएको छ ।

पदाधिकारी, स्थायी र पोलिटब्युरो सदस्य चयनका लागि गृहकार्य गर्ने भनेर मंगलबार स्थगित गरिएको बैठकमा बुधबार संसद बैठकमा सहभागी हुनुपर्ने भन्दै स्थगित भएको थियो र पदाधिकारी चयनका लागि पूर्वस्थायी समितिको बैठक बुधबार पनि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको थियो ।

मंगलबारको बैठकले पदाधिकारी, स्थायी र पोलिब्युरो सदस्यको अन्तिम नामावली प्रस्ताव गर्न अध्यक्षलाई जिम्मेवारी दिइएको थियो । पार्टी अध्यक्ष प्रचण्डले बुधबार पनि बैठक स्थगित गरेर छलफल गर्नुभएको छ ।

प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राखेपछि बुधबार प्रचण्डले जवाफ दिने र पदाधिकारी, स्थायी, पोलिटब्युरोको नामावली प्रस्ताव गर्ने कार्यक्रम थियो ।

माओवादी केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक असार १९ र २० गते सञ्चालन भएको थियो ।