काठमाडौं । चौथो पटक थपिएको अवधि सकिनै लाग्दा काठमाडौं उपत्यकामा लकडाउन कडा बनाइएको छ ।
अनावश्यक रुपमा सडकमा निस्किने, प्रहरीको आग्रह नमान्ने तथा तोकिएका बाहेकका पसलहरु सञ्चालन गर्ने व्यक्ति तथा सवारी साधनलाई विभिन्न ठाउँबाट नियन्त्रणमा लिने क्रम जारी रहेको प्रहरीले जनाएको छ ।
लकडाउन कार्यान्वयनमा कडाइ गर्न मुख्य सडकदेखि भित्रि सडकहरुसम्म प्रहरी परिचालन गरिएको छ ।
कोरोना भाइरसका संक्रमितहरुको संख्या थपिएसँगै लकडाउनलाई थप प्रभावकारी बनाउन लागिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख डिआईजी विश्वराज पोखरेलले जानकारी दिए ।
त्यस्तै काठमाडौं उपत्यका भित्रिने नाकामा थप कडाइ गरिएको छ । नाकामा खटिएका सुरक्षाकर्मीलाई अत्यावश्यक सवारीलाई मात्र छिर्न दिने निर्देशन दिइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो गृहमन्त्री रामबहादुर थापालाई सीमा नाकामा कडाइ गर्न निर्देशन दिएपछि थप कडाइ गरिएको हो ।









प्रतिक्रिया दिनुहोस्