काठमाडौं । नेपाल प्रहरी बढुवा सिफारिस समितिको असार ८ गतेको बैठकले नेपाल प्रहरीका १७ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिस गरेको थियो ।
एसएसपीहरु बसन्त बहादुर कुँवर, टेक प्रसाद राई, अशोक सिंह, दीपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, सन्दिप भण्डारी, सुदीप गिरि, मीरा चौधरी, टेकबहादुर तामाङ, उमेश राज जोशी, भीम प्रसाद ढकाल, रामदत्त जोशी, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राणालाई डीआईजीमा बढुवा सिफारिस गरिएको थियो ।
सिफारिस अनुसार डीआईजीमा बढुवा भएका १७ जनाले नै आइतबार डीआईजीको दर्ज्यानी चिन्ह (फुली) लगाए । उनीहरुलाई प्रहरी महानिरीक्षक (आइजीपी) धीरजप्रताप सिंहले दर्ज्यानी चिन्ह प्रदान गरी डीआईजीको जिम्मेवारी प्रदान गरे ।
नेपाल प्रहरीले यिनै १७ जनामध्येबाट आठ महिनापछि नयाँ आइजीपी बन्ने सम्भावना बलियो छ ।
यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्