Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


फोटो पत्रकार मीनरत्न बज्राचार्य भन्छन् : अहिले प्रेस स्वतन्त्रतामा राज्यको ग्रहण लागेको छ(भिडियो)


0
Shares

-नरेन्द्र मानन्धर र रक्षा बज्राचार्य(ईमेज)

काठमाडौं । आज विश्व प्रेस स्वतन्त्रता दिवस, तर नेपालमा भने प्रेस स्वतनत्रता झन् खस्किएको छ ।

रिपोर्टस विद आउट बोर्डर (आरएसएफ) ले प्रकाशन गरेको विश्व प्रेस स्वतन्त्रता इन्डेक्समा यो वर्ष नेपालको अवस्था ६ अंकले खस्केको छ ।

सन् २०१९ मा १ सय ६ मा रहेको नेपाल यो वर्ष भने १ सय १२ औं स्थानमा पुगेको छ ।

करिब ३ दशक फोटो पत्रकारिता गरेका स्वतन्त्र पत्रकार मीनरत्न बज्राचार्यले भनेजस्तै अहिले प्रेस स्वतन्त्रतामा राज्यको ग्रहण लागेको छ ।

सडक आन्दोलनमा हुँदा प्रेस स्वतन्त्राको हिमायती बनेका नेताहरु सतामा पुगेपछि पत्रकारिता शत्रु बनेका छन ।

लोकतन्त्रकै हिमायतीहरुबाट नै बेलाबखत आक्रमण भइरहनु लोकतन्त्रको समस्या र चुनौती पनि हो ।

विश्व प्रेस स्वतन्त्रा दिवस मे ३ को दिन अन्तराष्ट्रिय पत्रकार महासंघले समेत केपी ओली सरकारको मिडियाप्रतिको व्यवहार र धारणालाई अन्तर्राष्ट्रिय जगतमा नकारात्मरुपमा प्रस्तुत गरेको छ ।

बहुमतको सरकारले प्रेस र नागरिक अधिकार कटौती गरेर लोकतन्त्रलाई खुम्च्याएको आरोप लगाइएको छ ।

पत्रकार बज्राचार्य प्रेस स्वतन्त्रताको मुल्य र मान्यतालाई पत्रकारले पनि सही प्रयोग गर्न नसकेको बताउँछन् ।

लोकतन्त्रमा मात्रै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता फस्टाउँछ । तसर्थ लोकतन्त्रको सहि रुपमा अभ्यास गर्नु सबैको कर्तव्य हो, चाहे राजनीतिकर्मी हुन वा संचारकर्मी ।