Logo २० असार २०८३, शनिबार | Sat Jul 4 2026


अस्पताललाई कोभिड अस्पताल घोषणा गरेपछि कांग्रेसद्वारा विरोध प्रदर्शन


0
Shares

वीरगन्ज । नारायाणी अस्पताललाई जेनरल अस्पतालको रुपमा संचालन गर्न माग गर्दै नेपाली काँग्रेस पर्साले आइतबार प्रर्दशन गरेको हो ।

सरकारले नारायणी अस्पतालमा अस्थायी कोभिड अस्पताल स्थापना गरेको बिरोधमा कांग्रेस प्रदर्शन गरेको हो ।

चैत ३० गते विरगञ्जमा तीन जना भारतीय नागरिकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि संघीय सरकारले नारायणी अस्पताललाई नै कोरोना उपचारको लागि लेभल टु अस्पतालको रुपमा घोषणा गरेको थियो ।

कोरोना संक्रमण नियन्त्रणको लागी संघीय सरकारले बनाएको स्वास्थ्य अनुगमन टोलीका पदाधिकारीहरुले नेशनल मेडिकल कलेजसंग अनैतिक गठजोड गरेर नारायणी अस्पतालाई कोभिड अस्पताल घोषणा गरिएको आरोप लगाइएको छ ।

सामाजिक दुरीलाई बेवास्ता गर्दै गरिएको प्रदर्शनमा नारायणी अस्पताललाई सामान्य रुपमा संचालन गर्न माग गरिएको थियो ।