बुढिगंगा नगरपालिकामा निर्वाचनका लागि कर्मचारी खटिए « Imagekhabar – Online News Portal of Nepal
२७ श्रावण २०७९, शुक्रबार | Fri Aug 12 2022


बुढिगंगा नगरपालिकामा निर्वाचनका लागि कर्मचारी खटिए


182
Shares

बाजुरा । बाजुराको बुढिगंगा नगरपालिकामा असार २३ गते स्थानीय तहको निर्वाचनका लागि ९५ जना कर्मचारी खटिएका छन् ।

१० वटा मतदान स्थल र १९ वटा मतदान केन्द्रमा मतदान अधिकृत र सहायक मतदान अधिकृत लगायत ९५ जना कर्मचारी खटाईएको जिल्ला निर्वाचन कार्यलय बाजुराले जनाएको छ ।

बुढिगंगामा नगरपालिका १२ हजार ६ सय ५९ मतदाता रहेका छन् । निर्वाचनका लागि सोमबारबाट मतदान केन्द्रमा कर्मचारी खटाउन सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यलय बाजुराले जनाएको छ ।

त्यस्तै, बुढिगंगा नगरपालिकामा रहेका १० वटा मतदान स्थलमा नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान गरि एउटा स्थलमा करिब दुई सय भन्दा बढी सुरक्षाकर्मी परिचालन हुने भएका छन् ।

मतदान स्थलको सुरक्षा नेतृत्व नेपाल प्रहरी, शसस्त्र प्रहरीका अधिकृतले गर्ने भएका छन् । सबै मतदान स्थलमा आवश्यक सुरक्षाकर्मीको व्यबस्थापन नेपाल प्रहरी ससस्त्र प्रहरी र नेपाली सेनाले गरिहेको जिल्ला प्रहरी जिल्ला प्रहरी कार्यलय बाजुराका प्रहरी प्रमुख सुर्य बहादुर थापाले बताएका छन् ।

मतदान केन्द्रको सुरक्षा नेतृत्व सिनियर प्रहरी अधिकृतले गर्ने थापाले वताएका छन् । वैशाख ३० मै निर्वाचन भएको बुढीगंगा नगरपालिकामा विवादका कारण पुन मतदान गर्ने निर्वाचन आयोगले निणर्य गरेको थियो ।

बुढीगंगाका १० वडामध्ये ६ वटामा विवाद भएको थियो । वडा २, ३, ४, ५, ७ र ९ का केन्द्रमा मतदान स्वतन्त्र हुन नसकेको स्थानीयको भनाइ छ । हाल वडा र नगरबाट जनप्रतिनिधिले गर्ने नागरिकतालगायतका सबै सिफारिस ठप्प छन् । वडाबाट हुने सिफारिस रोकिएका छन् । नाता प्रमाणित, नागरिकता सिफारिसलगायत ३७ वटा कामहरु वडा कार्यालयबाट हुने प्रावधान छ ।