Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


खल्तीबाट एलआईसी नेपालको बीमा प्रिमियम भुक्तानी गर्न सकिने


78
Shares

काठमाडौं । खल्तीले आफ्ना प्रयोगकर्ताहरूलाई डिजिटल रूपमा बीमा प्रिमियम भुक्तानी गर्न सक्षम बनाउन एलआईसी नेपालसँग सहकार्य गरेको छ ।

विभिन्न बीमा कम्पनीहरुसँगको सहकार्यपछि खल्तीले आफ्नो प्लेटफर्म मार्फत एलआईसी नेपालको बीमा भुक्तानीको नयाँ सुविधा थपेको हो । जसले प्रिमियम भुक्तानीलाई अझ सरल र सहज बनाउने अपेक्षा गरिएको खल्तीले जनाएको छ ।

प्रिमियम तिर्नका लागि प्रयोगकर्ताहरूले एलआइसीको वेबसाइटमा गई भुक्तानी विधिको रूपमा ‘खल्ती’ प्रयोग गरी आफ्नो भुक्तानी प्रक्रिया पूरा गर्न सक्नेछन्।

यो सहकार्यबाट प्रयोगकर्ताहरूलाई पूर्ण रूपमा फाईदा पुग्ने ‘खल्ती’ का प्रमुख कार्यकारी निर्देशक विनय खड्काको भनाई छ ।
५हजार भन्दा माथिको नविकरण बीमा शुल्क भुक्तानी गर्नुपरेमा ग्राहकले आफ्नो ’खल्ती’ केवाईसि भने अनिवार्य रुपमा भेरीफाई गराएको हुनुपर्नेछ ।