Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


ओलीको प्रश्न– यति धेरै विवादास्पद हुँदा पनि लज्जाबोध हुँदैन ?


975
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्री जनार्दन शर्मालाई लज्जाबोध हुँदैन भन्दै प्रश्न गर्नुभएको छ ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै अध्यक्ष ओलीले दुनियाँले प्रश्न उठाउँदा पनि जेठ १४ गतेको फुटेज डिलिट गरेर कानूनको खिल्ली उडाएको बताउनुभएको छ ।

‘दुनियाँले आवाज उठाएको छ, फुटेज डिलिट गरिएको छ, यो भन्दा बलमिच्याँइ के हुन्छ ?’ उहाँले प्रश्न गर्नुभयो, ‘यति धेरै विवादास्पद हुँदा पनि लज्जाबोध हुँदैन ?’

जेठ १४ गते राति व्यापारीका प्रतिनिधि राखेर अर्थमन्त्रीले करको दर हेरफेर गरेको भन्दै ओलीले अर्थमन्त्री जनार्दन शर्मालाई लज्जबोध गर्न आग्रह गर्नुभयो ।

कालो धनलाई सेता पार्न नपाएपछि राष्ट्र बैंकका गभर्नर निष्कासन गरेका अर्थमन्त्रीले सर्वोच्चले उट्याइदिएपछि पनि सरकारमा बसिरहेको भन्दै आश्चर्य व्यक्त गर्नुभयो ।