विकास बजेट असार अन्तिममा सक्ने परिपाटी अन्त्य हुनुपर्छ : सांसद देवकोटा « Imagekhabar – Online News Portal of Nepal
२२ श्रावण २०७९, आईतवार | Mon Aug 8 2022


विकास बजेट असार अन्तिममा सक्ने परिपाटी अन्त्य हुनुपर्छ : सांसद देवकोटा


26
Shares

काठमाडौं । नेपाली कांग्रेसकी सांसद अनिता देवकोटाले विकास बजेटलाई असार मसान्तमा आएर सक्ने परिपाटीको अन्त्य हुनुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय सभाको सोमबारको बैठकमा विशेष समयमा बोल्दै सांसद देवकोटाले आर्थिक वर्षको अन्त्यमा धमाधम विकास बजेटहरू खर्च गर्न थालिएको बताउनुभयो ।

सांसद देवकोटाले वर्षदिनसम्म काम नगरेर बजेट फ्रिज हुने बहानामा असारमा मात्रै खर्च गर्ने परिपाटीले विकासको गतिलाई तीव्रता दिन नसकिने र दिगो विकास नहुने भएकाले यस्तो परिपाटीको अन्त्य हुनुपर्ने बताउनुभयो ।

उहाँले काम गर्ने अख्तियारी पाउनेले आर्थिक वर्षको शुरुमै समयमै काम गर्न र बजेट खर्च गर्न पाउने व्यवस्था गर्नसके असारमा मात्रै खर्च गर्ने प्रवृत्ति निरुत्साहित हुने बताउनुभयो ।

सांसद देवकोटाले खेतीको सिजनमा पनि मल नपाएकाले किसानहरू चिन्तित रहेको बताउनुभयो । उहाँले समयमै मल उपलब्ध गराउन सरकारको ध्यान जानु जरुरी रहेको बताउनुभयो ।

मल ल्याउने प्रक्रिया लामो भएकाले पनि मल आउन नसकेको उल्लेख गर्दै उहाँले फास्ट ट्रयाकबाट रासायनिक मल ल्याउनुपर्नेमा जोड दिनुभयो ।