२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


निर्यातमा आधा हिस्सा ओगट्ने वस्तुकै निकासी घट्यो


1.027k
Shares

काठमाडौं । चालू आर्थिक वर्षमा नेपालको निकासी व्यापारमा झन्डै आधा हिस्सा रहेको वनस्पति घ्यू र तेलको निकासी अत्याधिक घटेको छ ।

आर्थिक वर्षको १० महिनासम्म उत्साहजनक निकासी रहेको भटमासको तेल, पाम आयल र सनफलावर आयलको निकासी ११ औं महिना जेठमा भने न्यूनमात्र रहेको तथ्यांक छ । भारतले भन्सार शून्य बनाएपछि तेस्रो मुलुकबाट नेपालमा आयात भई प्रशोधन पश्चात भारत निकासी हुने वनस्पति घ्यू तथा तेलको निर्यात घटेको हो ।

नेपालको कुल निकासीमा भटमासको तेलको हिस्सा २५.०६ प्रतिशत छ भने पाम आयलको २०.४१ प्रतिशत तथा सनफलावर २.४ प्रतिशत रहेको छ । यी तीन वस्तुको मात्र निकासीमा हिस्सा करिब ४८ प्रतिशत रहेको तथ्यांकले देखाउँछ । भारत सरकारको परिवर्तित भन्सार दरको मारमा यी उद्योग परेका हुन् ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।