परराष्ट्र मन्त्रालयले भन्यो– ‘एसपीपी अस्वीकारको पत्र अमेरिकालाई पठाएका छैनौं’ « Imagekhabar – Online News Portal of Nepal
२ भाद्र २०७९, बिहीबार | Thu Aug 18 2022


परराष्ट्र मन्त्रालयले भन्यो– ‘एसपीपी अस्वीकारको पत्र अमेरिकालाई पठाएका छैनौं’

मन्त्रिपरिषद् निर्णयको अध्ययन भइरहेको तर्क

156
Shares

काठमाडौं । परराष्ट्र मन्त्रालयले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णयबारे अमेरिकालाई पत्र नपठाइएको जनाएको छ ।

आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले एसीपी अस्वीकार गर्ने निर्णयबारे पत्र पठाउने काम भइनसकेको बताउनुभयो ।

प्रोग्रामबारे नेपाल सरकार मन्त्रिपरिषदले गरेको निर्णय मन्त्रालयमा आएको भए पनि अध्ययन भइरहेकाले पत्र भने गइनसकेको उहाँको स्पष्टिकरण थियो । अध्ययनपछि निर्णय कार्यान्वयन हुने उहाँले बताउनुभयो ।

‘एसपीपीको पहिले भएको पत्राचारमा परराष्ट्र मन्त्रालय सहभागी थिएन, अब हामीलाई नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार एउटा म्यानुअल प्राप्त भएको अवस्था छ,’ उहाँले भन्नुभयो, ‘परराष्ट्र मन्त्रालयले खरो अध्ययन गरेर मात्रै पत्राचार गर्नुपर्ने भएकाले अहिले निर्णय कार्यान्वयन भएको छैन, तर ढुक्क हुनुहोस् अध्ययनपछि निर्णय कार्यान्वयन गर्छौं ।’