Logo २१ असार २०८३, आइतबार | Sun Jul 5 2026


जनता समाजवादीद्वारा जिल्ला–जिल्लामा हस्ताक्षर संकलन


0
Shares

काठमाडौं, वैशाख १९ । दल दर्ताका लागि निर्वाचन आयोगको कानुनी प्रक्रिया पूरा गर्न जनता समाजवादी पार्टीले केन्द्रीय सदस्यहरुको हस्ताक्षर संकलन सुरु गरेको छ ।

राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी नेपाल दुवै दलले आफ्ना केन्द्रीय सदस्यहरुको हस्ताक्षर संकलन गरिरहेका छन ।

देशमा जारी बन्दाबन्दीका कारण जिल्ला–जिल्ला पुगेर हस्ताक्षर संकलन भइरहेको राजापा महासचिव केशव झाले जानकारी दिए ।

झाकाअनुसार राजपाको ५३ जिल्लामा संगठन रहेको छ भने समाजवादी पार्टीको ७७ ओटै जिल्लामा संगठन रहेको छ ।

केन्द्रीय समितिमा राजपाको ७९५ तथा समाजवादी पार्टीको ४३१ सदस्य रहेका छन् ।