मधेश प्रदेशकाे प्रदेशसभा बैठक भोलि बस्ने « Imagekhabar – Online News Portal of Nepal
२४ श्रावण २०७९, मंगलवार | Tue Aug 9 2022


मधेश प्रदेशकाे प्रदेशसभा बैठक भोलि बस्ने


13
Shares

काठमाडौ । मधेश प्रदेशकाे प्रदेशसभा बैठक भोलि (साेमबार) बस्ने भएकाे छ ।

मधेश प्रदेशको प्रदेशसभा बैठकमा साेमबारदेखि आगामी आर्थिक वर्षको बजेटमाथि छलफल सुरु हुने भएको हाे । यहि असार १ गते बजेट प्रस्तुत गरेपछि स्थगित गरिएको बैठक साेमबार दिउँसो १ बजे बोलाइएको छ। बैठकमा बजेटसँगै केही विधेयक माथि छलफल हुने प्रदेश सभा सचिवालयले जनाएको छ ।

यहि असार १ गते अर्थमन्त्री शैलेन्द्र साहले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ४६ अर्ब ८८ करोड ९ लाख ४६ हजारको बजेट प्रस्तुत गर्नुभएको थियो ।