२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


उत्पादन वृद्धि गर्न नसके अर्थतन्त्रमा थप चुनौती


26
Shares

काठमाडौं । अर्थविद्हरूले सरकारले मुलुकभित्रै उत्पादन वृद्धि गर्न नसके अर्थतन्त्रमा चुनौती थपिँदै जाने बताउँदै आएका छन् ।

पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले पनि चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्रमा थप जटिलता थपिँदै गएको बताएका छन् । शनिबार काठमाडौंमा मदन भण्डारी बौद्धिक मञ्चद्वारा आयोजित संकटोन्मुख अर्थतन्त्र र आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट विषयक अन्तरक्रिया कार्यक्रममा पूर्व अर्थमन्त्री खतिवडाले निर्माण सामाग्री, पेट्रोलियम पदार्थ, बैंकको व्याजदर, यातायात ढुवानी भाडासमेत बढ्दै गएकाले अर्थतन्त्रमा चुनौतीहरू थपिँदै जाने बताए ।

उनले सरकारले आगामी आर्थिक वर्ष आयात प्रतिस्थापन गरेर निर्यातलाइ दाेब्बर गर्ने नीति ल्याएकाे भने पनि सम्भव नभएकाे दाबी गर्दै हरेक चिजकाे मूल्यवृद्धि हुँदै गएकाले हाम्राे कुनै पनि उत्पादन प्रतिस्पर्धा नहुने र निर्यात दाेब्बर हुन नसक्ने बताए ।

यो समाचार आजको कारोबार दैनिकीमा प्रकाशित छ ।