Logo २० असार २०८३, शनिबार | Sat Jul 4 2026


बम विस्फोटमा मृत्यु भएका बालबालिकालाई शहिद घोषणा गरी क्षतिपुर्ति दिन रोल्पा काँग्रेसको माग


26
Shares

काठमाडौं । नेपाली काँग्रेस जिल्ला कार्यसमिति रोल्पाले त्रिवेणी गाउँपालिका ७ मा बेवारिसे बम विष्फोट भइ मृत्यु भएका बालबालिकालाई शहिद घोषणा गर्न माग गरेको छ ।

नेपाली काँग्रेस रोल्पाका सभापति अमरसिंह पुनले आज जारी गरेको प्रेस विज्ञप्तिमा शसस्त्र विद्रोहको बेला निधन भएका व्यक्ति सरह नै ती बालबालिकालाई शहिद घोषणा गरी पीडित परिवारलाई यथाशिघ्र क्षतिपुर्ति दिन माग गरेको छ ।

हिजो त्रिवेणी ७ का १३ वर्षीय गौरव नेपाली, १४ वर्षीय नौखिराम डाँगी, ११ वर्षीय विमला केसी र ५ वर्षीय विजय केसीको बाख्रा चराउन जाँदा बेवारिसे बम बिस्फोट भई मृत्यु भएको थियो ।

काँग्रेसले रोल्पा शसस्त्र विद्रोहको बढी प्रभाव भएको क्षेत्र भएकाले विभिन्न समयमा यस्ता घटनाहरु घट्ने हुँदा बम तथा बिस्फोटक पदार्थको समयमै खोजी गर्दै डिस्पोजल गर्न जरुरी रहेको बताएको छ ।

चारजना बालबालिकाको निधनको खबरले रोल्पा काँग्रेस स्तब्ध भएको छ विज्ञप्तिमा भनिएको छ ।