
फाइल तस्विर
रौतहट । चन्द्रपुर नगरपालिका–१ स्थित बागमती नदीमा पौडी खेल्दा शनिबार दुई जना भारतीय नागरिक बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा भारतको सीतामढी जिल्ला कोटबजारका ३१ वर्षीय मयङ्क अग्रवाल र ३१ वर्षीय गोलु कुमार रहेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर जनाएको छ ।
बेपत्ता भएका सहित तीन जना BR 01 HF 6619 नम्बरको गाडीमा आएर बागमतीमा पौडी खेल्न गएका थिए ।
तीन जना पौडी खेल्न आएकामध्ये स्थानीयले २७ बर्षीय भारतीय नागरिक सुमन साहलाई भने उद्धार गरेका थिए । बेपताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्