काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले लकडाउनका कारण अहिले मजदुरको चुल्हो बल्न छाडेको बताएका छन् ।
आज सामाजिक सञ्जाल मार्फत १३१औं अन्तर्राष्टिय विश्व श्रमिक दिवसको शूभकामना दिँदै उनले चुल्हो बल्न छाडेका मजदुरलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग आग्रह समेत गरेका छन् ।
उनले भनेका छन्, ‘लकडाउनका कारण अहिले मजदूरहरुको चुलो बल्न छोडेको छ। तसर्थ, उनीहरुलाई तत्कालै आवश्क राहत सामग्री उपलव्ध गराउँन सरकारसँग आग्रह गर्दछु।’
कोइरालाले नेपालको प्रजातान्त्रिक आन्दोलनको आधार स्तम्भ ‘श्रम क्षेत्र’ लाई राज्यले यसरी निरपेक्ष राख्नु आफैमा दुःखद पक्ष भएको बताएका छन् ।
वि सं २००३ सालमा बिराटनगरको जुटमिलबाट शुरु भएको मजदूर आन्दोलनको नेपाली प्रजातान्त्रिक आन्दोलनमा आफ्नै महत्व र पहिचान रहेको उनको भनाइ छ ।









प्रतिक्रिया दिनुहोस्