Logo ६ असार २०८३, शनिबार | Sun Jun 21 2026


‘मुलुकमा विदेशी हस्तक्षेप व्यापक’


52
Shares

काठमाडौं । पूर्वपरराष्ट्रमन्त्री तथा अन्तर्राष्ट्रिय मामिलाका जानकारहरूले नेपालमा विदेशी हस्तक्षेप व्यापाक रहेको बताएका छन् । नीति अनुसन्धान प्रतिष्ठानले शुक्रबार काठमाडौंमा आयोजना गरेको राष्ट्रिय हितसम्बन्धी उच्चस्तरीय सार्वजनिक नीति संवाद कार्यक्रममा अन्तर्राष्ट्रिय मामिलाका जानकारहरूले नेपालमा विदेशी प्रभाव ‘माइक्रो म्यानेजमेन्ट’ को अवस्थामा रहेको बताउँदै त्यसको अन्त्य गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष एवं पूर्वपरराष्ट्रमन्त्री उपेन्द्र यादवले दुई शक्तिशाली देशका बीचमा रहेको भूपरिवेष्टित र कम विकसित नेपाललाई स्वतन्त्र विदेश नीति अघि बढाउन निकै गाह्रो भएको बताए ।

नेपालमा जस्तो आन्तरिक राजनीतिमा बाहिरी प्रभाव अन्य मुलुकमा कमै हुने जानकारी दिँदै उनले आन्तरिक नीति आफैं तय गर्न सक्नु र आन्तरिक गतिविधिमा विदेशी प्रभाव कम पर्न दिनु नै नेपालका लागि सबैभन्दा ठूलो राष्ट्रहित हुने बताए । ‘नेपालमा बाहिरबाट बढी माइक्रो म्यानेजमेन्ट हुने गरेको छ। यो अवस्था अहिले मात्र नभएर पहिलेदेखि नै हो । नेपाल सार्वभौम मुलुक भए पनि सोही ढंगले बाहिरी हस्तक्षेप अन्त्य गर्ने अवस्था कहिले हुने हो, थाहा छैन,’ उनले भने ।

यादवले संसद्बाट चुच्चे नक्सा पास भए पनि त्यसमा टेक्ने कहिले, कसरी र कसका पालामा भन्ने निश्चित नभएको बताए । उनले संसद्बाट थपडी बजाएर चुच्चे नक्सा पास भए पनि यसलाई दुई पक्षीय संवादका लागि टेबलमा लैजानेमा आशंका व्यक्त गरे ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।