९ माघ २०८१, बुधबार | Wed Jan 22 2025


सबै मिलेर समाज सेवामा लाग्नुपर्छ : मन्त्री रेग्मी


26
Shares

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले सबै मिलेर समाज सेवाको क्षेत्रमा लाग्नुपर्ने बताउनुभएको छ ।

सशस्त्र प्रहरी परिवार महिला संघको २१औं वार्षिकोत्सवमा बोल्दै मन्त्री उहाँले संघले समाज सेवाको क्षेत्रमा सक्रिय रहँदै पुर्‍याएको योगदानको प्रशंसा गर्नुभयो ।

मन्त्री रेग्मीले देश विकाससँगै समतामूलक समाज निर्माणको लागि महिला र पुरुष दुवैको महत्वपूर्ण भूमिका रहने चर्चा गर्नुभयो ।

राष्ट्रसेवामा समर्पित सशस्त्र प्रहरी कर्मचारीहरूका परिवारको हकहित र सीप विकासमा महत्वपूर्ण योगदान पु¥याउन सशस्त्र प्रहरी परिवार महिला संघले खेलेको भूमिकाको पनि उहाँले प्रशंसा गर्नुभयो ।

त्यस अवसरमा मन्त्री रेग्मीले विभिन्न निकायमा रहेर समाज सेवाको क्षेत्रमा विशिष्ट योगदान पु¥याउने तथा संघको विविध क्रियाकलापमा सहयोग पु¥याउनेहरूलाई कदरपत्र तथा प्रशंसापत्र प्रदान गर्नुभयो ।

कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी महिला राष्ट्रसेवक तथा नेपाल एपीएफ स्कुल कीर्तिपुरकी उत्कृष्ट महिला शिक्षकलाई प्रशंसापत्र प्रदान गर्नुभयो ।

कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघकी केन्द्रीय अध्यक्ष श्रीमती अनिता अर्यालले समाजसेवाको कार्य एक मात्र व्यक्ति वा संस्थाको एकल प्रयासले मात्र नभई समाजमा क्रियाशील विभिन्न संघ संस्थाहरूबीच समेत हातेमालो र समन्वय आवश्यक रहेको चर्चा गर्नुभयो ।

समाज सेवामा आवद्ध संघ संस्थाहरूसँग सहकार्य तथा समन्वय गर्दै सशस्त्र प्रहरी परिवार महिला संघ आफ्नो स्थापनाकाल देखि नै निरन्तर समाज सेवामा क्रियाशील रहँदै आएको उहाँले बताउनुभयो ।

त्यसैअवसरमा उहाँले नेपाल एपीएफ स्कूलका विभिन्न विद्यामा उत्कृष्ट ठहरिएका विद्यार्थी तथा सशस्त्र प्रहरीका शहीदका सन्ततिलाई छात्रवृत्ति स्वरुप जनही नगद १० हजार र प्रशंसापत्र प्रदान गर्नुभयो ।

यस्तै, अध्यक्ष अर्यालले ससस्त्र प्रहरी राष्ट्रसेवक कर्मचारीहरूका सन्ततीहरूमध्ये माध्यमिक शिक्षा परीक्षामा उत्कृष्ट अंक ल्याउने छात्रछात्राहरूलाई समेत जनही १० हजार रुपैयाँ राशीको छात्रवृत्ति सहित प्रमाणपत्र प्रदान गर्नुभयो ।