Logo ११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026


पाँच दलीय गठबन्धन अवसरवादको झुण्ड : शंकर पोखरेल


130
Shares

काभ्रे । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्तारुढ पाँच दलीय गठबन्धन अवसरवादको झुण्ड मात्रै भएको बताउनुभएको छ ।

नेकपा एमाले काभ्रेले स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा शुभकामना दिन आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दे पोखरेलले बाँढी चुँडी सत्ता भोग गर्न सफल भएपनि राष्ट्र निर्माण गर्न नसक्ने दाबी गर्नुभएको छ ।

उहाँले एमालेसँगै नेपालका कुनै पनि कम्युनिष्ट पार्टीले प्रतिस्पर्धा गर्न सक्ने हैसियत नराख्ने बताउनुभयो । नेपालको पहिलो पार्टी एमाले नै हो भन्ने कुरा स्थानीय तहको निर्वाचनले नै पुष्टि गरेको पोखरेलले बताउनुभयो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी पहिलो दल बन्छ भनेको तर्फ संकेत गर्दे त्यो सपना नदेख्न सुझाव दिनुभएको छ ।

एमाले महासचिव पोखरेलले दरबारमा सत्ता जनतामा जाने विषयलाई प्रतिगमन भनेर एमालेलाई सरकारबाट हटाइएको पनि बताउनुभयो । वास्तविक रुपमा नेपालमा दलहरुको तर्फबाट प्रतिगमनको नेतृत्व शेरबहादुर देउवाले मात्रै गरेको पोखरेलले बताउनुभयो ।