‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दर्ता, आयोगले दियो प्रमाणपत्र « Imagekhabar – Online News Portal of Nepal
१ भाद्र २०७९, बुधबार | Thu Aug 18 2022


‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दर्ता, आयोगले दियो प्रमाणपत्र


11.752k
Shares

काठमाडौं । निर्वाचन आयोगले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दर्ता गरेको छ ।

शुक्रबार आयोगले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई निर्वाचन दर्ताको प्रमाणपत्र प्रदान गरेको हो ।

यस्तै आयोगले प्रस्ताव गरेको घण्टी चुनाव चिन्हमा भने आयोगले संशोधन गरेको छ । घण्टी चुनाव चिन्ह अर्कै दलको भएपछि आयोगले पार्टीलाई गोलाकारभित्रको घण्टी चिन्ह दिएको छ ।

असार ७ गते रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गर्दै दर्ताको लागि आयोगमा निवेदन दिनुभएको थियो । उहाँले चुनाव चिन्ह घण्टी राख्न प्रस्ताव गर्नुभएको थियो ।

पार्टी दर्ताको निवेदन आयोगमा दिएपछि विभिन्न राजनीतिक दल एवं स्वतन्त्र उम्मेदवारहरूको एलाइन्सले उक्त पार्टी दर्ता नगर्न आग्रह गर्दै ध्यानाकर्षण गराएका थिए ।