२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


सिसीटिभीको भर परेर महिला हिंसाका घटना नियन्त्रण गर्न सकिँदैन : सांसद पाण्डे


91
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)की सांसद विन्दा पाण्डेले सिसीटिभीको भर परेर महिला हिंसाको घटना नियन्त्रण गर्न नसकिने बताउनुभएको छ ।

शुक्रबार संघीय संसद प्रतिनिधिसभा अन्तरगतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै सांसद पाण्डेले सिसीटिभीको भर परेर अहिले देखिएको महिला हिंसाको घटना नियन्त्रण गर्न नसकिने उल्लेख गर्दै सो व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको हो ।

सांसद पाण्डेले महिलामाथि हुने जघन्य अपराधका घटना हुनै नदिने गरी आवश्यक विधि र प्रविधिको व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ ।

उहाँले महिला हिंसा नियन्त्रणका लागि भएका विधि र प्रविधिलाई सुदृढ गरेर लैजान पनि सरकारलाई सचेत गराउनुभयो । हिँड्दा हिँड्दै हुने महिला हिंसालाई नियन्त्रण गर्न सोही अनुसारको प्रविधिको व्यवस्था गर्न ढिलाई गर्न नहुने धारणा समेत सांसद पाण्डेले राख्नुभयो ।

सांसद पाण्डेले महिला हिंसाका घटनाका पीडितलाई न्याय दिने गरी सबै स्थानीय तहमा सुनुवाई समितिको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराउनुभयो । महिला हिंसाका घटनाका दोषीलाई गरिने जरिवानाको पनि निश्चित मापदण्ड बनाउनुपर्नेमा जोड दिनुभयो ।